होलीको अवधिमा सुदूरपश्चिममा २७६ सवारी साधनमाथि कारबाही

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेशमा होलिको अवधिमा २७६ सवारीसाधन कारबाहीमा परेका छन । प्रदेशको नौवटै जिल्लामा शुक्रबार र शनिबार गरिएको सवारी कारबाहीमा २ लाख ५८ हजार ५ सय राजश्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

यो अवधिमा सबैभन्दा बढी मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउनेलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाकारी दिएको छ।

nisarga

 कारबाहीमा परेका सवारीसाधनमा सबैभन्दा बढी कैलालीमा रहेका छन ।