कार्यकक्षमा बेहोस भएका वडाध्यक्षको निधन

Image
maya metro

काठमाडौं – मरिण गाउँपालिका-६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ । कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्काघातका कारण निधन भएको हो ।

बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले जानकारी दिए।

nisarga

लामा नेकपा माओवादीबाट विसं २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुन्।