
धनगढी – वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकेको छ ।
आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६ सय ७६ जना निर्वाचन अधिकृत तोकेको हो । त्यस्तै, आयोगले कैलालीका स्थानीय तहमा पनि निर्वाचन अधिकृत तोकेको छ ।

आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम् न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । जसमा गोदावरी नगरपालीकामा सरकारी वकिल कार्यालय कैलालीका जिल्ला न्यायधिवक्ता राजेन्द्र सिहं भण्डारी लाई खटाएको छ ।
यसैगरी धनगढी उपमहानगरपालिकामा जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुलाई निर्वाचन अधिकृत तोकिएको छ ।
त्यस्तै, बाँकी रहेका स्थानीय तहमा न्याय सेवाका उपसचिवहरू र निजामती सेवाका उपसचिवहरू रहने गरी निर्वाचन अधिकृत तोकेको हो ।
हेर्नुहोस् कुन स्थानीय तहमा को ? [सूचीसहित]






























