
अत्तरिया – कैलालीको अत्तरियामा माग्न आएमा सहयोग गरिदने व्यहोरा सहितको कागज बोकेर बालबालीकाहरु माग्दै हिँडीरहेका छन् ।
४ जना बालबालीकाहरु अत्तरियाको बसपार्क,चौराह लगाएत बढी भिडभाड हुने क्षेत्रमा पैसा माग्दै हिड्ने गरेका हुन् । उमेरले आठ नौ वर्षका जस्तै देखीने ३ जना र छ सात वर्षको जस्तै देखीने एक बालक रहेका उनीहरुले जुनसुकै ठाँउ माग्न आएमा सहयोग गरिदिनुहोला भन्ने व्यहोराको पत्र बोकेका छन् ।


यो भाइको घरमा समस्या परेको छ । नेपाल सरकार गृह मन्त्रालय प्रशाशन कार्यालय टिकापुर कैलाली यो प्रमाणपत्र दिने मान्छेको सानो जिब्रो छ र कान पनी कम सुन्छ यिनको नाम सुनील शर्मा हो पत्रमा लेखीएको छ, यिनको घर टिकापुर कैलालीमा छ । पत्रमा सुनीलको भाइ र बहिनीको उपचार गर्नकालागी सहयोग गरिदिन आग्रह गरिएको छ । पत्रमा पैसा लगाएत तेल,सावुन,सुट जुनसुकै चिज मागेमा दिन आग्रह गरिएको छ । समग्रमा पत्रमा उनीहरुले माग्न आएमा कुनै न कुनै कुनै प्रकारको सहयोग गरिदिन आग्रह गरिएपनी पत्रको भाषा शैली भने मिलेको देखीदैन ।
उत्त पत्र कैलालीको टिकापुर नगरपालीका वडा नम्बर ८ ले दिएको उल्लेख गरिएको छ । वडाको लेटरप्याड,छाप केहिपनी छैन,सादा कागजमा व्यहोरा लेखीएको छ । वडा नम्बर ८ उल्लेख भएपनी वडा ले भने आफुहरुले त्यस्तो पत्र कसैलाई नदिएको जनाएको छ । टिकापुर नगरपालीका वडा नम्बर ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले आफुहरुले त्यस्तो पत्र कसैलाई नदिएको बताए । हाम्रो काम बालबालीकालाई माग्न पठाउन प्रेरीत गर्ने होईन उनले भने कसैले नक्कली बनाएर ति बालबालीकालाई प्रयोग गरेको हुनसक्छ ।

। अन्य बालबालीकाले भने फोटो खिच्न लागेको बुझेपछी नजीक समेत पर्न चाहेनन् । दिनभरी पत्र बोकेर माग्दै हिँड्ने उनीहरु कुनैपनी व्यत्ति संग नजिक परेर कुराकानी भने गर्न चाँहदैनन् । उनीहरुले खुट्टा छोएर पैसा माग्ने बानीले आफुहरुलाई हैरान बनाएको बस चालक प्रेम बहादुर साँउदले बताए । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक नवराज पोख्रेलले माग्दै हिँडेका बालबालीहरुलाई निगरानी गरिने बताएका छन् ।















