
अत्तरिया – प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगीता कैलालीको अत्तरियामा सुरु भएको छ । बिहिबार एक औपचारीक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री लाल बहादुर खड्काले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सुदूपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक सिहं लगायत खेलक्षेत्रका विभीन्न व्यत्तिहरुकासाथै संघसँस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
अत्तरिया तेक्वान्दो डोजाङ्गले आयोजना गरेको प्रतियोगितायही चैत्र २४ देखि २६ गतेसम्म चल्ने छ । प्रतियोगितामा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी र आयोजक टिम गरि ६ टिमका खेलाडी विच १६ वटा तौल समूहमा पुरुष र महिला तौल गरि जम्मा ९६ जनाले प्रतिस्पर्धा गर्नेछन । एक जिल्लाबाट १६ जना खेलाडी र २ जना अफिसियल आयोजक टिम गरी जम्मा १०८ जनाको सहभागिता रहेको छ । सुदूरपश्चिम प्रदेशका राष्ट्रिय स्तरका १८ जना निर्णायक र ३ जना जुरीले खेल प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

प्रतियोगिताको मूख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ भने सह प्रर्वद्धकमा गोदावरी नगरपालीका रहेको छ । त्यसैगरी धनगढी उपमहानगरपालीका प्रायोजककोरुपमा रहेको छ ।















