कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु

Image
maya metro

धनगढी – कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । गौरीगंगा नदीमा डुबेर जिल्लाको गौरीगंगा नगरपालिका–१ लठैयाका १३ वर्षीय गोपाल रानामगरको मृत्यु भएको हो ।

घरबाट नुहाउन भनी हिडेका उनि नदीमा डुबेकोे अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

nisarga

खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय चौमाला र मालाखेतीबाट खटिएको टोलीले खोजतलास गर्दा उनी एउटा तालमा डुबेर मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।