गहुँको समर्थन मूल्य ३,१६५ तोकियो

Image

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार सरकारले ०७९/८० का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १६५ निर्धारण गर्ने निर्णय गरेको हो । सरकारले ०७८/७९ का लागि समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १११ तोकेको थियो ।

गत वर्षको तुलनामा चालु वर्षका लागि सरकारले प्रतिक्विन्टल ५४ रुपैयाँले बढाएको हो । यस्तैगरी, ०७७÷७८ का लागि ३ हजार १५ निर्धारण गरिएको थियो । सरकारले प्रत्येक वर्ष गहुँ, धान तथा उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गरेको छ ।