कैलालीमा एक पुरुष मृत फेला

Image
maya metro

कैलाली – कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको जानकी गाउँपालिका ५ अमौरा बस्ने ५९ वर्षीय हरिराम चौधरी मृत फेला परेका हुन्।

उनी घरबाट करिब ५ सय मिटर टाढा खेतमा बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

nisarga