Attariya Hospital Pvt.Ltd.

ब्रह्माकुमारी विश्वविधालय अत्तरियाले आमाहरुलाई मिठा परिकार खुवाई,सम्मान गर्दै मनायो माता तिर्थ औँसी

padma
milan sunchadi

अत्तरिया – कैलालीको अत्तरियामा रहेको ब्रह्माकुमारी विश्वविधालय अत्तरियाले मातातिर्थ औँसी मनाएको छ । विधालयले नगरपालीकाभित्रका ६० जना आमाहरुलाई आमाहरुलाई मिठा परिकार खुवाई,सम्मान गर्दै मातातिर्थ औँसी मनाएको हो । ब्रह्माकुमारी विश्वविधालय अत्तरियाकी सञ्चालीका ब्रह्माकुमारी रविनाले सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमा सबैभन्दा माथी भएको बताईन् ।

उनले एकदिन मात्रै नभइ जीवनकालभरी आमालाई सन्तुष्ट बनाउनु सन्तानको कर्तव्य भएको बताईन् । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

Siddi ganesh

शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

Nawadurga
Loading...