कैलालीको एक होटलमा युवती मृत फेला

Image
maya metro

धनगढी – कैलालीको एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको लम्कीचुहा ३ स्थित धमला होटेलमा युवती मृत फेला परेकी हुन्।

शनिबार दिउसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राइ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

nisarga

उनी धमला होटेलको दोस्रो तलास्थित कोठा नम्बर २०९ मा मृत फेला परेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।