Attariya Hospital Pvt.Ltd.

कैलालीको सामुदायिक वनमा एक दम्पति मृत फेला

padma
milan sunchadi

धनगढी – कैलाली तुल्सिपुर सामुदायिक वनमा एक दम्पति मृत फेला परेका छन् । आईतबार जिल्लाको घोडाघोडी नगरपालिका १० पहलमानपुरस्थित वनमा उनीहरु उनीहरु मृत अवस्थामा फेला परेका हुन् ।

बझाङको जयपृथ्वी घर भएका २८ वर्षीय अमर जोशी र २४ वर्षीया अस्मिता सिंह मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलाली डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनीहरु चैत २६ गते घरबाट घुम्न जाने भन्दै निस्किएक‍ा थिए । सोही दिनदेखि उनीहरु बेपत्ता भएका थिए । खोज तलासकै क्रममा आज उनीहरु जंगलमा मृत अवस्थामा भेटिएका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Loading...