गोरखामा जन्ती बोकेको जीप दुर्घटना, तीनको मृत्यु

Image
maya metro

गोरखा – गोरखामा जन्ती बोकेको जीप दुर्घटनामा परी आइतबार साँझ तीन जनाको मृत्यु भएको छ।

चितवनबाट जन्ती लिएर आएको जीप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरूबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए।

nisarga

बा१४च ७८१ नम्बरको जीप आरूबोटेको फिरफिरे भिरबाट झन्डै दुई सय मिटर तल खसेको उनले बताए।

दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान हुन नसकेको एसपी खनालले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय गोरखाबाट डिएसपी लीलाराज लामिछाने नेतृत्व प्रहरीको प्रहरी टोली घटनास्थल पुगिसकेको उनले बताए।