कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका ८ बाट करिब ५६ ग्राम ५ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारत घर भएका २० वर्षीय अजबिन्द्र सिंह र बेलौरी नगरपालिका ९ कानपुर बस्ने १९ वर्षीय धर्मेन्द्र रेग्मी रहेका छन्। बिना नम्बरप्लेटको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

nisarga