महेन्द्रनगरको होटलमा २१ वर्षीय युवक मृत फेला

Image

धनगढी – कञ्चनपुरको एक होटेलमा युवक मृत फेला परेका छन्। महेन्द्रनगरस्थित नाइन इलेभन होटेमा भीमदत्त नगरपालिका-१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलमा मृत भेटिएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार होटेल सील गरिएको छ। मृत्युको कारण भने नखुलेको र अनुसन्धान भइरहेको उनले बताए। घटनापछि आक्रोशित मृतकका आफन्तहरुले होटलमा ढुंगामुढा गरेका बताइएको छ।