डोटीमा माओवादी केन्द्रका वडाध्यक्षका उमेदवार कांग्रेस प्रवेश

padma

डोटी – डोटीमा वडाध्यक्षका उमेदवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शिखर नगरपालिका – ११ का उमेदवार शेर बहादुर बलायर बुधबार कांग्रेसमा प्रवेश गरेका हुन् । नेकपा ( माओवादी केन्द्र ) बाट वडाध्यक्षमा उमेदवारी दिएर उनी चुनावी प्रचारप्रसार समेत गर्दै आएका थिए ।

Shikhar Dental

बलायर माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष समेत हुन् । उनले माओवादीले सत्ता, सरकार, व्यवस्था, संविधानको विगत देखिनै गलत प्रयोग गर्दै आएको र अहिले निर्वाचनमा झुटा आश्वासन बाँडेर भोट माग्न थालेपछि आफूले पार्टी छोडेको बताएका छन्।

उनलाई नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायरले टिका लगाएर स्वागत गरेका हुन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.