कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

Image

धनगढी – कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका–४ सुपारीआम बस्ने अन्दाजी ४५ वर्षीया शारदा देवी जोशीको करेन्ट लागेर मृत्यु भएको हो ।

पानी तान्ने मोटरबाट करेन्ट लागेर भुइँमा लडेको अवस्थामा उद्धार गरी धनगढी स्थित नवजिवन अस्पताल पु¥याईएकी उनलाई त्यहाँका स्वास्थ्यकर्मीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।