चुनावी घरदैलो अभियानमा व्यस्त हुने समयमा समेत जनताकै सेवामा शाही

padma

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर १० बाट वडा अध्यक्षका उम्मेदवार रहेका रविन्द्र शाहि गुड्डु चुनावी घरदैलो अभियानमा व्यस्त हुने समयमा समेत जनताकै सेवामा खटीएका छन् ।

Shikhar Dental

वडाबासीका हरेक समस्यामा साथ दिँदै आएका उनी वडाका बिरामी भेट्न अस्पतालमै पुगेका हुन् । विगतको समयमा पनी वडा बासीलाई स्वास्थ्य तथा शिक्षामा व्यत्तिगत सहयोग गर्दै आएका उनी आँउदो ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकातर्फबाट वडा अध्यक्षका उम्मेदवार रहेका छन् ।

यो व्यस्त समयमा समेत घरदैलो अभियान छोडी जनताकै सेवामा खटीएको भन्दै केहि व्यत्तिहरुले सामाजिक संजालमा समेत उनको प्रशंशा गरेका छन् । गत चुनावमा वडा नम्बर १० बाट अध्यक्षमा निर्वाचित भएका शाहि यसपटक पनी दोहोरीएका हुन् ।

यो पनी:मुटु रोगीलाई वडा अध्यक्ष शाहीको आर्थीक सहयोग

Nawadurga
Leave A Reply

Your email address will not be published.