भारतबाट हातहतियार ल्याउँदै गरेका दुईजना पक्राउ

padma

बारा – सिम्रौनगढ नगरपालिका-९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाइनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

Shikhar Dental

पक्राउ पर्नेहरूमा भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारी थाना घोडासहन ग्राम पञ्चायत लौखान-१ बस्ने २३ वर्षीय पप्पुकुमार यादव र सोही ठाउँ भेलवा-१४ बस्ने २१ वर्षीय अकलेशकुमार सिंह रहेका छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०१ पि ३१६१ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बल नेपाल गोलागञ्ज पोष्टबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो।

यसबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.