मन्त्री आलेलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

Image
maya metro

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। मन्त्री आलेले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने क्रियाकलाप गरेको विषयमा आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो।

आयोगमा उनीविरुद्ध डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त सभामा मतदाता भड्काउने र भोजभतेर गरेको तथा रकम बाँडेको उजुरी परेको छ।

nisarga