डोटीका दुई केन्द्रमा मतदान स्थगित

Image
maya metro

धनगढी – डोटीका दुई ओटा मतदान केन्द्रमा मतदान रोकिएको छ। जिल्लाको शिखर नगरपालिका-७ लाटामाण्डौं माविमा रहेको मतदान केन्द्र र शिखर-८ राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान रोकिएको हो।

मतदान गर्न आएका वृद्ध महिलाको मत उनीहरूका परिवारका सदस्यको सहयोगमा खसाले पछि उमेदवार बीच विवाद भएको थियो। राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा एक घण्टापछि मतदान पुनः सुरु भएको छ। लाटामाण्डौं माविको मतदान प्रक्रिया रोकिएको भने दुई घण्टा बितिसक्दा पनि सहमति जुट्न सकेको छैन।

nisarga

सो केन्द्रमा अहिलेसम्म ७२ मत मात्रै खसेको छ। जिल्लाबाट थप सुरक्षाकर्मी मगाएर मतदान प्रक्रिया अगाडि बढाउने मतदान अधिकृत प्रकाशबहादुर आलेले बताए।