डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु

Image
maya metro

डडेल्धुरा- डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको  छ।

दुर्घटनामा अर्का एकजना घाईते भएका छन् ।

nisarga

भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक र घाइतेको परिचय खुल्न सकेको छैन । अहिले शव र घाइतेलाई डडेल्धुरा अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।