
डडेल्धुरा – शनिवार डोटी बाट धनगढी जांदै गरेको मोटर साईकल लाई जीपले ठक्कर दिंदा मृत्यु भएका र घाईतेको परिचय खुलेको छ।
मृत्यु हुनेमा मोटर साईकल पछाडी सवार आदर्श गाउंपालिका डोटीका २५ बर्षिय चक्र भाट र घाईते हुनेमा आदर्श गाउंपालिका डोटीकै मोटर साईकल चालक भीम बहादुर ऐर रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

जीप चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ।













