डोटीमा एमालेले खाता खोल्यो : प्यानलसहित वडाध्यक्ष विजयी

Image
maya metro

दिपायल – डोटीमा नेकपा (एमाले) ले बोगटान फुड्सिल गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ। बोगटान फुड्सिल गाउँपालिका १ को वडाअध्यक्षमा एमाले उमेदवार खेमबहादुर मगर ४ सय ९६ मतसहित विजयी भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उमेदवारले ४ सय ५ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका उमेदवार २ सय मतमा सीमित हुनुभएको छ। त्यसैगरी दुबै जना खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा पनि एमालेकै उमेदवार विजयी भएका हुन् ।

nisarga

डोटीमा शनिबार मात्रै मतगणना गर्ने कार्य अगाडि बढेका कारण मत मरिणाम आउन ढिला भएको हो। अहिलेसम्म डोटीमा दुई वडाको मात्र मतपरिणाम आएको छ।