अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाका नवनिर्वाचित जनप्रतिनिधीको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ५ वर्षे कार्यकालकालागी छनोट भएका जनप्रतिनिधीको शपथग्रहण कार्यक्रम आज सम्पन्न भएको हो ।
नगरपालीकामा प्रमुखको रुपमा निर्वाचित भएका विरेन्द्र भट्टलाई न्यायाधिस जयानन्द पनेरुले शपथ खुवाएका हुन् भने उपमेयर,वडाअध्यक्षहरुलाई प्रमुख भट्टले शपथ खुवाएका हुन् ।
। साथै मेयर,उपमेयर,अध्यक्षहरु तथा सदस्यहरुलाई निर्वाचित प्रमाणपत्र पनी प्रदान गरिएको छ । गोदावरी नगरपालीकामा निर्वाचन अधिकृत कोरुपमा खटीएका राजेन्द्रसिहं भण्डारीले प्रमाणपत्र प्रदान गरेका हुन् ।