सौन्दर्य प्रतियोगिताको नाममा नाबालिगमाथि बलात्कारको आरोपमा मनोज पाण्डे पक्राउ

Image
maya metro

काठमाडौं – आठ वर्षअघि सान्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीकाे काठमाडाैं उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले पाण्डेलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो।

पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन्। उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए।

nisarga

एक युवतीले सौन्दर्य प्रतियोगिताको क्रममा आफूलाई आयोजक संस्थाले बोलाएर बलात्कार गरेको घटना सामाजिक सञ्जाल टिकटक मार्फत् सार्वजनिक गरेकी थिइन्

त्यसपछि पाण्डेले छ महिनासम्म आफूलाई बलात्कार गरेको उनले बताएकी छन्।