राजनीतिमा सक्रिय महिलामाथी सञ्चार माध्यममा हुने लैंगीक हिंसाको विश्लेषण सम्बन्धीको तीन दिने गोष्ठी सम्पन्न

Image
maya metro

अत्तरिया – राजनीतिमा सक्रिय महिलामाथी सञ्चार माध्यममा हुने लैंगीक हिंसाको विश्लेषण सम्बन्धीको तीन दिने गोष्ठी धनगढीमा सम्पन्न भएको छ । गोष्ठी पानोस साउथ एशिया(PANOS SAUTH ASIA) को आयोजना तथा यु एस ए आइडीको सहयोगमा बिहिबारदेखी सुरु भएको थियो ।

गोष्ठीका क्रममा पानोस साउथ एसियाका प्रतिनिधी हरुले प्रशिक्षण गरेका थिए । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारकी निवर्तमान आन्तरीक मामीला तथा कानुन मन्त्री पुर्णा जोशी,धनगढी उपमहानगरपालीकाकी उपप्रमुख सुशिला मिश्र,नेपाली कांग्रेसकी केन्द्रीय सदस्य जीवन रानाले राजनीतिक महिलामाथी संचारमाध्यममा हुने लैंगीक हिंसाका बारेमा आफ्ना अनुभवहरु साटेका थिए ।

nisarga

तीन दिनसम्म चलेको उक्त गोष्ठीमा राजनीतिकर्मी,मानवअधिकारकर्मी,नागरिक समाजका अगुवा तथा पत्रकार गरि २० जनाको सहभागीता रहेको थियो । अक्टोबर २०२१ देखी पानोस साउथ एशिया ले नेपालमा सुचना प्रणाली तथा लोकतान्त्रिक अधिकारलाई कमजोर बनाउन भूमीका खेलीरहेका नकरात्मक पक्षहरुको पहिचान गर्ने कार्यको सुरुवात गरेको थियो ।

यस पहल अन्र्तगत भ्रामक तथा मिथ्या सुचनाको प्रसारको पहिचान गरिएको थियो । यो अध्ययन नागिरिकहरुलाई सुसूचित गर्न र राजनीतिक निर्णय लिन चाहिने पर्याप्त जानकारी दिन प्रयासरत छ ।