कैलालीमा लागूऔषधसहित ३ युवक पक्राउ

padma

धनगढी – कैलालीमा लागुऔषध सहित ३ युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका-१ लम्की बस पार्कबाट करिब ७ सय मिलिग्राम अवैध लागूऔषध (खैरो हेरोईन) जस्तो देखिने पदार्थसहित ३ युवकलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने २८ वर्षीय भुपेश थापा, २४ वर्षीय धनबिर चौधरी र जानकी गाउँपालिका-९ बस्ने २८ वर्षीय महेन्द्र रावल रहेका छन्।

Shikhar Dental

बिहीबार दिउँसो उनीहरुबाट नगद ३८ हजार १ सय रूपैयाँसहित अवैध लागूऔषध बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

ईलाका प्रहरी कार्यालय लम्कीचुहाबाट खटिएको प्रहरीले भुपेश र धनबिरलई उक्त लागूऔषध र नगद ३ हजार रूपैयाँसहित नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागूऔषध महेन्द्रबाट खरिद गरेको भन्ने खुल्न आएपछि महेन्द्रलाई समेत प्रहरीले पक्राउ गरेको हो।

महेन्द्रको साथबाट नगद ३५हजार १ सय प्रहरीले बरामद गरेको जनाईएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.