सेनाले निर्माण गरेको शवदाह गृह नगरपालीकालाई हस्तान्तरण

padma
Shikhar Dental

कञ्चनपुर – कञ्चनपुरमा सेनाले निर्माण गरेको शवदहगृह नगरपालीकालाई हस्तान्तरण गरिएको छ । जिल्लाको दोधारा-चाँदनी नगरपालिका-६ मा महाकाली नदी किनारामा निर्माण गरिएको शवदाह गृह आज नगरपालिकालाई हस्तान्तरण गरिएको हो। नेपाली सेनाको २५ नम्बर वाहिनी अन्तर्गत रहेको श्रीदल गुल्मले ८ लाख ९४ हजार ५८४ रूपैयाँको लगानीमा शवदाह गृह निर्माण गरेको हो।

२५ नम्बर वाहिनीका वाहिनीपति पुरुषोत्तम ढकालले निर्माण गरिएको शवदाह गृह नगरपालिका प्रमुख किशोरकुमार लिम्बुलाई हस्तान्तरण गरेका हुन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.