अत्तरियामा संचालीत हस्ताक्षर अभियानमा आज करिब दश हजार हस्ताक्षर संकलन

padma

अत्तरिया – कैलालीको गेटा मेडिकल कलेज संचालनका दवाब स्वरुप सुरु भएको हस्ताक्षर अभियानमा आज दोस्रो दिन करिब दश हजार हस्ताक्षर संकलन भएको छ ।

Shikhar Dental

शुक्रबार गेटा मेडिकल संचालनार्थ संघर्ष समिती अत्तरियाले अत्तरिया चौराहबाट हस्ताक्षर अभियान सुरु गरेको थियो । हिजो बेलुकीसम्म करिब पाँच हजार हस्ताक्षर संकलन भएको थियो ।

समितले हिजो र आज गरि संकलन भएको पन्ध्र हजार हस्ताक्षर भोली बिहान १० बजे प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाउने निर्णय गरेको समितिका संयोजक लोकराज पाण्डे आगोले जानकारी दिएका छन् ।

भोली नेपाल सरकारको बजेट भाषण कार्यक्रम पनी भएको हुँदा बजेटको प्रकृती हेरी संघषका थप कार्यक्रमबारे टुंगो उनले बताएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.