सूचनाको हकका लागि राष्ट्रिय महासंघमा जोशी

padma

धनगढी – सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलाली शाखामा पत्रकार पुष्पराज जोशी चयन भएका छन् । यसअघि राष्ट्रिय सञ्जालका रुपमा क्रियाशील रहेर काम गर्दै आएको सञ्जाल वैधानिक रुपमा महासंघमा परिणत भएको हो । सञ्जालबाट महासंघमा परिणत भएपछिको प्रथम अधिवेशनबाट पत्रकार जोशी सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका हुन् ।

Shikhar Dental

अधिवेशनले उपाध्यक्षमा रसुता जैरु, सचिवमा विजय राना, सहसचिवमा कामदेव ओझा, कोषाध्यक्षमा देवबहादुर बिक र सदस्यहरुमा जमुना न्यूरे (घोडाघोडी), चन्द्रकान्त पनेरु (धनगढी), राजन जैगडी (गोदावरी), नवराज जोशी (फूलबारी), झलनाथ खनाल (टीकापुर), चन्द्रकला बिक (बर्दगोरिया), चन्द्र खनाल (लम्की चुहा) धनबहादुर चौधरी (धनगढी), पुष्कर पौडेल (धनगढी), सुदर्शन श्रेष्ठ(धनगढी), समीरप्रसाद भट्ट (धनगढी), सुनिता विक (धनगढी) लाई चनय गरेको छ ।

यस्तै कैलालीको अन्य पालिकाबाट महासंघको पहिलो बैठकले मनोनित गर्नेगरि सदस्य थप्नेछ । यस्तै अधिवेशनले चार÷चार सदस्यीय प्रदेश र केन्द्रीय प्रतिनिधि पनि मनोनित गरेको छ । प्रदेश प्रतिनिधिमा प्रेम ढुंगाना, निराजन परियार, सरस्वती साफरी र ठाकुरप्रसाद करियाप्रधान तथा केन्द्रीय प्रतिनिधिमा श्रवण देउवा, रमा भट्टराई, तमन्ना नेपाली र कृतबहादुर बिष्टलाई मनोनित गरिएको हो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.