एकता प्रगतिशिलको आयोजनामा बजार सरसफाई

padma

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ मा रहेको एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बजार सरसफाई गरिएको छ ।

गोदावरी नगरपालीका वडा नम्बर ६,७ र ८ त्यसैगरी गोलादेउ युवाक्लब,माईलस्टोन युवाक्लब,शिवशक्ति युवाक्लब र सैपाल युवाक्लबको सहकार्यमा आईतबार बिहान स्याउले बजार,जमुनानगर र लालपुरको बजारक्षेत्र सरसफाई गरिएको हो ।

Shikhar Dental

सरसफाई कार्यक्रममा प्रहरी प्रशाशनको पनी उपस्थीती रहेको थियो । संयुत्त सरसफाई कार्यक्रमले समाजमा सकरात्मक प्रभाव पारोस भन्ने उदेश्यले सरसफाई कार्यक्रमको आयोजना गरिएको एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरज बोगटीले बताए । गोदावरी नगरपालीका वडा नम्बर ८ का अध्यक्ष गोविन्द चौधरीले सरसफाई कार्यक्रमलाई निरन्तरता दिईने बताए ।

उनले अहिले बजारक्षेत्रमा गरिने संयुत्त सरसफाई कार्यक्रमले समाजमा जथाभावी फोहोर फाल्नु हुँदैन भन्ने सन्देश जाने बताए । गोदावरी ८ का नवनिर्वाचित जनप्रतिनीधीले स्याउले बजार क्षेत्रलाई हरियाली बनाउने लक्ष्य लिएको वडा सदस्य हरिराम चौधरीले बताएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.