
अत्तरिया – कैलालीको गेटा मेडिकल कलेज यथाशीघ्र संचालन को माग गर्दै अत्तरियामा संकलन भएको करिब १५ हजार हस्ताक्षर प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाईएको छ । आइतबार सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशी मार्फत ‘गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समिति अत्तरिया’ ले प्रशासन कार्यालयलाई हस्ताक्षर बुझाएको हो । 
हस्ताक्षर बुझाउँदै संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले प्रस्तावित गेटा मेडिकल कलेज संचालनको मोडालिटी तत्काल बनाइनुपर्ने बताए । उनले ६ सय बेडको अस्पताल सहित यसलाई प्रतिष्ठानका रुपमा संचालन गरिनुपर्ने बताए ।

हस्ताक्षर बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जिल्ला प्रशासन मार्फत हस्ताक्षर प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।
‘गेटा मेडिकल कलेज सञ्चालनार्थ संघर्ष समिति अत्तरिया’ले विगत पाँच दिनदेखी गेटा मेडिकल कलेज सिघ्र संचालनकालागी दवाब दिन विभिन्न कार्यक्रम गर्दै आएको छ । 


















