पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मनाङको थासाङ गाउँपालिका-३ लार्जुङको खोंचमा दुर्घटना

padma
Shikhar Dental

काठमाडौं – पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मनाङको थासाङ गाउँपालिका-३ लार्जुङको खोंचमा दुर्घटना भएको पुष्टि भएको छ।

लेतेभन्दा करिब दुई किलोमिटर पर लार्जुङको बाँया तर्फको खोंचमा विमान दुर्घटना भएको पत्ता लागेको हो ।
खराब मौसमका कारण हेलिकप्टर समेत जान नसकेको र अहिले स्थलमार्गबाट सेना सहितको टोली घटनास्थलमा पठाइएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान माछापुच्छ्रे र धौलागिरी हिमालको खोँच कटेपछि सम्पर्कविहीन भएको थियो। विमानमा चालकदलका सदस्यसहित ६ जना विदेशी गरी २२ जना सवार रहेको बुझिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.