पश्चिम सेतीको निर्माण कार्य अगाडि बढाइने

padma
Shikhar Dental

सरकारले बहुचर्चित ७५० मेघावाटको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण कार्य अगाडि बढाइने बताएको छ। आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत उक्त योजनाको प्राविधिक तयारी गरि निमार्ण कार्य अगाडि बढाइने अर्थमन्त्री जनार्दन शर्माले बताए।

साथै उनले ३०९ मेघावाटकाे सेती–६ समेत प्राविधिक तयारी गरि निर्माण कार्य अगाडि बढाइने बताएका छन्। यस्तै पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको निर्माणका लागि नेपालको तर्फबाट गर्नुपर्ने तयारी कार्यलाई तीव्रता दिइने उनले बताएका छन्। अर्थमन्त्री शर्माले चैनपुर–सेती आयोजना कार्यान्वयनमा लगिने समेत जानकारी दिएका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.