विविध माग राख्दै अत्तरियामा नेपाल कम्युनिष्ट पार्टीको विरोध प्रर्दशन

padma

अत्तरिया – नेपाल नेपाल कम्युनिष्ट पार्टीले अत्तरियामा विरोध प्रर्दशन गरेको छ ।

पार्टीले विविध माग राखी नारा जुलुस गर्दै विरोध प्रर्दशन गरेको हो । पेट्रोलियम पर्दाथ,खाध पर्दाथको चर्को मुल्य वृद्धी र भाडा वृद्धी नियन्त्रण गर्नुपर्ने,किसानलाई बिउ,मल समयमै उपलब्ध गराउनुपर्ने,भ्रष्टाचारी,कालोबजारी,तस्करलाई कार्बाहि गर्नुपर्ने उनीहरुले माग राखेका छन् ।

Shikhar Dental

त्यसैगरी एमसीसी,एसपीपी लगाएतका राष्ट्रघाती सम्झौता खारेज गर्नुपर्ने,तीन बुँदे सहमती लागु गरी सम्पुर्ण राजबन्दीलाई रिहाई गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

विरोध कार्यक्रममा प्रर्दशनकारीहरुले बढ्दो महंगी नियन्त्रण गर,किसानलाई मल बिउको व्यवस्था गर,कालोबजारी नियन्त्रण गर,वैदेशिक हस्पक्षेप बन्द गर लगायतका नारा लगाएका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी कैलालीका सचिव असल शर्मा,गाँउ तथा नगर ईन्चार्ज लगायत स्थानीय नेता,कार्यकर्ताको सहभागीता रहेको थियो । अत्तरिया बजार वरपर नारा जुलुस गर्दै र्याली कोणसभामा परिणत भएको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.