गौ संरक्षण नभएको भन्दै राप्रपा गोदावरीले गरायोे नगरप्रमुखको ध्यानाकर्षण

padma

अत्तरिया – राष्ट्रीय प्रजातन्त्र पार्टी गोदावरी नगर कमिटिले गोदावरी नगरपालीकाका नगरप्रमुख विरेन्द्र भट्टलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

आइतबार पार्टीका नगर अध्यक्ष दुर्गा कुमार पोखरेलले राष्ट्रीय जनावर गाईको संरक्षण नभएको भन्दै नगरप्रमुख भट्टलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

Shikhar Dental

गौमाता संरक्षणकालागी नेपाल सरकारले विभिन्न कार्यक्रमहरु नगरको मातहतमा पहल भएतापनी त्यसलाई कमाई खाने भाँडोका रुपमा लिएको पत्रमा उल्लेख छ ।

“राष्ट्रीय जनावर गाईको संरक्षणत्व लिनेगरी धार्मीक पर्यटकीय स्थल गोदावरीमा गौशाला निर्माण गर्न गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ” पत्रमा भनीएको छ ।

यस सम्बन्धमा सकरात्मक सहयोग नभएमा राप्रपाले कडा प्रतिकार गर्ने पनी पत्रमा उल्लेख गरीएको छ ।

अन्तमा राप्रपा गोदावरीले सम्पुर्ण नगर प्रतिनिधीहरुलाई कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.