काठमाडौं – काठमाडौंमा आइतबार (हिजो) यो वर्षकै उच्च तापक्रम मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौंको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियम मापन गरिएको थियो । त्यो यो वर्षकै उच्च तापक्रम हो ।


जुलाई महिनामा काठमाडौंको अहिलेसम्मकै उच्च तापक्रम सन् १९८९ जुलाई २२ मा मापन गरिएको थियो ।
आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम २२.५ डिग्री थियो । महाशाखाले बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरेर सार्वजनिक गर्ने गर्छ ।
