बस र माइक्रो ठाेक्किँदा एक जनाकाे मृत्यु

padma

चितवन – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा गाडी ठोक्किँदा एक जनाको मृत्यु भएकाे छ ।

Shikhar Dental

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजाे बेलुका काठमाण्डौबाट बझाङका लागि छुटेकाे ना ६ ख १३४० नम्बरकाे बस र भैरहवाबाट काठमाण्डाैका लागि छुटेकाे लु २ ख ३५०२ नम्बरकाे माइक्रो ठाेक्किँदा एक जना पुरुषको मृत्यु भएकाे हाे । उनकाे नयाँ मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएकाे हाे । ज्यान गुमाउने पुरुषकाे परिचय खुलेकाे छैन ।

दुर्घटनामा दुवै गाडीका गरी १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

घाइतेमध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.