Attariya Hospital Pvt.Ltd.

महाकाली भन्सारबाट निर्यात शून्य

padma
milan sunchadi

बैतडी – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाट नाकाबाट गत वर्ष निर्यात शून्यमा झरेको छ।

महाकाली भन्सार कार्यालय झुलाघाटका नायब सुब्बा प्रेमप्रसाद काफ्लेका अनुसार गत वर्ष २०७८।७९ मा चिनी, दाल, भाँडाकुँडा, कपडा, बिडी, चप्पल लगायतका सामान बढी आयात भएका छन्। ८१ लाख २१ हजार ३१४ रुपैयाँको सामान भित्रिएकोमा निर्यात भने शून्य रहेको हो।

यो नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ। केही वर्ष अघिसम्म घ्यू निर्यात हुने गरेकोमा गत वर्ष त्यो पनि नगएको हो।

Siddi ganesh

कार्यालयका अनुसार साउनमा भारतबाट ८ लाख ५५ हजार ५२०, भदौमा १० लाख ५३ हजार ९०३, असोजमा, १३ लाख ३४ हजार ९८३, कात्तिकमा ९ लाख १९ हजार ३८२, मंसिरमा १० लाख ५५ हजार २२, पुसमा २ लाख ३८ हजार ३६३ रुपैयाँको सामान आयात भएको छ।

यस्तै माघ महिनामा ४ लाख ९१ हजार ३७२, फागुनमा ५ लाख ८४ हजार ३८२, चैत्रमा ३ लाख ४ हजार ९५२, वैशाखमा २ लाख ३३ हजार ८९, जेठमा ४ लाख २९ हजार ५२४ र असारमा ६ लाख २० हजार ६२२ रुपैयाँको सामान भित्रिएको छ।

महाकाली भन्सार कार्यालय झुलाघाटले गत आर्थिक वर्षमा भन्सार महसुलबाट १६ लाख ३ हजार ८७३, भन्सार सेवा दस्तुरबाट ८७ हजार ५ सय, मूल्य अभिवृद्धिकर ६ लाख ६३ हजार ४६८, अन्तःशुल्कबाट १२ हजार ५६ रुपैयाँ राजस्व संकलन गरेको बताएको छ।

यस्तै महाकाली भन्सार कार्यालय झुलाघाटले २३ लाख ६६ हजार ८९७ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षमा भन्सार कार्यालय झुलाघाटले ४३ लाख ६१ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा कम २३ लाख ६६ हजार ८९७ मात्रै संकलन भएको हो।

अहिले व्यापारिक प्रयोजनका लागि पनि सामान कम मात्रा आउने तथा आयात घटेकाले राजस्व संकलनमा कमी आएको हो। झुलाघाट नाकामा मोटरेबल पुल नहुँदा व्यापारीले धेरैजसो सामान धनगढी काठमाडौँबाटै ल्याउने गरेका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.