Attariya Hospital Pvt.Ltd.

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि

padma
milan sunchadi

महेन्द्रनगर –  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ। आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ७०९ जनाले शुक्लाफाँटाको भ्रमण गरेका छन्। जसमा दुई हजार ५७९ जना नेपाली, १०५ जना सार्क राष्ट्रका र ४५ जना अरू विदेशी रहेका छन्।

आर्थिक वर्ष २०७६/७७ र आर्थिक वर्ष २०७७/७८ मा एकाएक घटेको सङ्ख्या गत आर्थिक वर्षमा बढोत्तरी भएको हो। आर्थिक वर्ष २०७६/७७ मा एक हजार ७७५ जनाले शुक्लाफाँटाको अवलोकन गरेका थिए। जसमा ३९ महिला र ६१ पुरुष गरेर एक सय विदेशी नागरिक, २१ महिला र ५१ पुरुष गरेर ७२ जना सार्क राष्ट्रका र ६२१ महिला र ९८२ पुरुष गरेर एक हजार ६०३ जना रहेका थिए।

आर्थिक वर्ष २०७७/७८ मा अलि बढेर दुई हजार ९३५ पुग्यो तर तीन जना विदेशी पुरुष तथा सार्क राष्ट्रका दुई जना महिला र तीन जना पुरुष मात्रले शुक्लाफाँटाको अवलोकन गरेका थिए, बाँकी सबै आन्तरिक पर्यटक रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।

Siddi ganesh

नेपाल आउने अधिकांश विदेशी पर्यटक भारतको बाटो भएर आउने गरेका छन्। नेपाल–भारतको नाका लामो समय बन्द रहेपछि विदेशी पर्यटक नआएका हुन्। कोभिड सुरु हुनुभन्दा पहिले आर्थिक वर्ष २०७५/७६ मा शुक्लाफाँटामा आन्तरिक तथा बाह्य गरेर १२ हजार १३८ जनाले शुक्लाफाँटाको भ्रमण गरेको तथ्याङ्क छ। त्यस्तै ०७४/७५ मा चार हजार सात सय जना पर्यटकले शुक्लाफाँटाको अवलोकन गरेका थिए। शुक्लाफाँटामा विशेष गरेर जङ्गल सफारी, रानीताल अवलोकन, चराको अवलोकन, एसियाकै दोस्रो ठूलो घाँसे मैदानको अवलोकन, हात्तीमा सफारी, झुण्डमा बाह्रसिङ्गाको अवलोकन, चितल, कृष्णसार, सिंहपाल बाबा मन्दिर र बाघलगायत जङ्गली जनावरको अवलोकन गर्न पर्यटक आउने गरेका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.