Attariya Hospital Pvt.Ltd.

गोदावरीको हरैयामा १५ तलाको फाइभ स्टार होटेल बन्ने

padma
milan sunchadi

अत्तरिया –गोदावरीको हरैयामा १५ तलाका फाइभ स्टार होटेल बन्ने भएको छ । गोदावरी -७ मा रहेको २३ बिगाहा जग्गा खरिद गरेको पोखराको आईडिया ग्रुपले आईडिया होटेल एण्ड क्यासिनो खोल्न लागेको हो । उसले २ बिगाहामा होटेल खोल्ने भएको छ ।
होटेलको काँग्रेसका केन्द्रिय सदस्य डा शंशाक कोइरालाले शिलान्यास गरेका हुन।
होटेल संगै उक्त जमिनमा कम्पनीले अत्याधुनिक आईडिया सिटी पनि बनाउने योजना सार्बजनिक गरेको छ ।यो ग्रुपमा गैरआवासीय नेपालीको मुख्य लगानी छ। मुख्य लगानीकर्ता अइडिया ग्रुप रहे पनि पोखराको सौभाग्य रियल स्टेट एन्ड कम्पनीको समेत होटलमा लगानी रहनेछ। शिलान्यास कार्यक्रममा गोदावरी नगरपालिकाका जनप्रतिनिधी, स्थानिय ब्यबसायी र अन्य स्थानियको सहभागिता रहेको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.