
धनगढी – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन भएका छन्। मञ्चको शनिबार भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।
यस्तै मञ्चको प्रथम उपाध्यक्षमा शंकर बोहरा, उपाध्यक्षमा दीनेशबहादुर बिष्ट र गगन अयडी, महा-सचिवमा धनगढी खबर तथा रेडियो धनगढीका सम्पादक एवम् कार्यकारी निर्देशक हरि जोशी, सचिवमा विराज रोश्यारा र कोषाध्यक्षमा नवराज पनेरु चयन भएका छन्। यस्तै मञ्चको सदस्यमा निराजन परियार, सविता बुढा, डिल्लीराज ओझा, पाण्डव पुजारा र निर्मला खडायत रहेका छन्।
















