पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर हुँदै

Image
maya metro

धनगढी – राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। तीन दशकदेखि अलपत्र पश्चिम सेती जलविद्युत आयोजनाको निर्माणका लागि लगानी बोर्ड नेपाल र भारतीय कम्पनी एनएचपिसी लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर हुने भएको हो।

सम्भाव्यता अध्ययनका लागि विहीबार बोर्ड र एनएचपिसीबीच भदौ २ गते समझदारी पत्रमा हस्ताक्षर हुने बोर्डका कार्यकारी निर्देशक सुशील भट्टले बताए। पश्चिम सेतीसँगै सेती–६ आयोजना निर्माणका लागि भारतीय कम्पनीलाई दिने निर्णय भएको छ। दुई वर्षभित्रमा विस्तृत परियोजना प्रतिवेदन पेश गर्ने समझदारी हुनेछ।

nisarga

कम्पनीले सम्झौता भएको ४५ दिनभित्र सेती जलविद्युत आयोजनाको सर्भे लाइसेन्स पाउँछ। छ। बोर्डले उक्त लाइसेन्स अनुमोदन गरेपछि कम्पनीले अध्ययन सुरू गरिनेछ।

साउन २३ गते बसेको बोर्डको बैठकले सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती र चार सय ५० मेगावाट क्षमताको सेती नदी–६ (एसआर ६) संयुक्त जलविद्युत परियोजना विकासका लागि थप अध्ययन गर्न स्वकृती दिने निर्णय गरेको हो।