सुप स्कुल डान्स आईडल हुने

Image
maya metro

अत्तरिया – सुदूरपश्चिममा पहिलो पटक सुप स्कुल डान्स आईडल २०२२ हुनेभएको छ । विप्लव इन्टरटेनमेन्ट ग्रुप प्रा ली नेपालले डान्स आईडलको आयोजना गर्न लागेको हो । बुधबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै विप्लव इन्टरटेनमेन्ट ग्रुप नेपालले भदौ ११ गतेदेखी अडिसन सुरु गर्ने जानकारी गराएको हो ।

जस अन्तरगत भाद्र ११ गते डडेल्धुरा, भाद्र १८ गते धनगढी, आईबिआरडि, भाद्र २५ गते महेन्द्रनगर, झलारी, दैजी, असोज १ गते अत्तरिया, गुलरिया, लालपुर, असोज ८ गते चौमाला मसुरिया, असोज १० गते सुख्खड, पहलमानपुर र असोज १५ गते टीकापुर र लम्कीमा अडिसन गरिने विप्लव इन्टरटेनमेन्ट ग्रुपका संचालक विनोद मल्लले बताए । प्रतिस्प्रधामा उत्कृष्ट ५ भित्र पर्नेलाई स्कलरसिप, काठमाण्डौं टुर, २ महिना निःशुल्क डान्स ट्रेनिङ र म्युजिक भिडियोमा अवसर दिईने आयोजकले जनाएको छ ।

nisarga

अडिसनमा जुनसुकै गीतमा पनी आफ्नो प्रस्तुती राख्न पाईने जनाईएको छ ।अडिसनका क्रममा टप १०० मा पुग्ने सहभागिको आवासको व्यवस्था आयोजकले गर्ने र त्यसअघिको सबै खर्च भने सहभागि स्वयमले नै व्यहर्नुपर्ने संचालक मल्लले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । प्रतिष्पर्धामा उत्कृष्ट ५ भित्र पर्नेलाई स्कलरसिप, काठमाण्डौं टुर, २ महिना निःशुल्क डान्स ट्रेनिङ र म्युजिक भिडियोमा अवसर दिईने जनाईको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार सहित साईकल, द्धितिय हुनेलाई ३० हजार सहित साइकल र तिृतिय हुनेलाई १९ हजार सहित साईकल प्रदान गरिने आयोजकले जनाएको छ ।

अगाडीका अडिसनहरु फरकफरक ठाँउमा भएपनी फाईनल अडिसन भने अत्तरियामै हुने जनाईएको छ । सुप स्कुल डान्स आईडलको निर्देशकका रुपमा एचएस डान्स एकेडमीका संचालक मोहित पाठक र वान वे डान्स एकेडमीका संचालक नरेश बिसी रहेका छन् भने फाइनल जजका रुपमा आस्मा विश्वकर्मा रहनेछिन् । डडेल्धुरा,कैलाली तथा कञ्चनपुरमा मात्रै अडिसन तोकिएको भएपनी सुदूरपश्चिमका नौ ओटै जिल्लाबाट प्रतिष्पर्धी सहभागी हुन पाईने आयोजकले जनाएको छ ।

अडिसनमा सहभागीताकालागी तीन सय रुपैँया शुल्क तोकिएको छ । मनोरञ्जनको क्षेत्रलाई हेर्ने नजरमा परिवर्तन ल्याउन तथा स्कुले बालबालीकाको अतिरित्त क्षमताको विकास गर्ने उदेश्य सहित आईडलको आयोजना गरिन लागीएको विप्लव इन्टरटेनमेन्ट ग्रुप प्रा ली का संचालक विनोद मल्लले बताएका छन् ।