
दार्चुला – दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्लमै मृत्युु भएको छ ।
गोकुलेश्वरबाट दार्चुला जादै गरेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका वडा नम्बर ६ उल्लानीमा दुर्घटना भएको हो ।

अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेका छन भने गोकुलेश्वरबाट प्रहरी घटनास्थलमा प्रस्थान गरेको छ ।
उद्धारको कार्य चलिरहेकोले घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।














