राशन घोटालाको आरोप लागेका दार्चुलाका एसपीको जिम्मेवारी खोसियो

Image
maya metro

दार्चुला – दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) त्रिभुवन बिष्टको जिम्मेवारी खोसिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति बिष्टको जिम्मेवारी खोसिएको हो।

उनीमाथि आफू मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर रासनमा अनियमितता गरेको आरोप लागेका थियो। सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका प्रमुख डिआइजी दुर्गाप्रसाद भट्टराईले बिष्टको जिम्मेवारी खोसिएको पुष्टि गरे।

nisarga

४४ नम्बर गणमा २ सय ५८ जना कार्यरत रहेकोमा एसपी बिष्टले एकै पटकमा १ सय २२ जनालाई बिदामा राखेर रासन भत्ता बुझेको आरोप लागेको छ। यसअघि नै एसपी बिष्टलाई सशस्त्रको ७ नम्बर बाहिनीले स्पष्टिकरण सोधेको थियो भने रासनमा अनियमितता गरेको आरोप लागेपछि छानबिनका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोतम थापाको नेतृत्वमा समिति गठन गरिएको थियो।

समितिले एसपी बिष्टलाई बिभागीय कारबाही गर्न सिफारिस गरेपछि उनलाई हेडक्वार्टर तानिएको हो। रासनमा अनियमितताको सूचना मिडियासम्म पुगाएको भन्दै वरिष्ठ हवल्दार नरेशसिंह शाहुलाई भने जल हालिएकोा छ। शाहुविरुद्ध सशस्त्र प्रहरीको विशेष अदालतमा असार २२ गते मुद्दा दायर गरियो।

शाहुमाथि हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको आरोप लगाइएको छ। वास्तविक सूचना दिएकै कारण हवल्दार शाहुलाई जन्मकैद माग गर्दै जेल हालिएको हो।