डोटीबाट लागुऔषधसहित एक युवक पक्राउ

Image
maya metro

डोटी – डोटीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

खैरो हेरोइन ओसारपसार गरेको आरोपमा डोटी प्रहरीले कैलाली गौरीगंगा नगरपालिका–८ का २९ वर्षीय रमेश जोशी पक्राउ परेका हुन् ।

nisarga

अत्तरियाबाट अछामको साँफेबगर जाँदै गरेका उनको साथबाट ६ ग्राम २५० मिलीग्राम खैरो हेरोइन बरामद भएको छ।

जोशी ना५ख ४१६ नम्बरको गाडीमा अछाम जाँदै थिए।

उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोला कुमार भट्टले बताए।