
डोटी – डोटीको दिपायलबाट बजार बन्द गराउँदै हिँडेका दुई जना बन्दकर्तालाइ पक्राउ गरिएको छ ।
बजार बन्द गराउँदै हिँडेको अवस्थामा पिपल्लाबाट बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य मोहन कठायत र अखिल क्रान्तिकारीका डोटी अध्यक्ष प्रकाश कठायतलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक राजेन्द्र प्रशाद धमलाले जानकारी दिएका छन्।

आज विप्लव नेतृव्तको नेकपाले नेपाल बन्दको घोषणा गरेको छ ।














