
डडेल्धुरा – जिल्लाको गन्यापधुरामा जेसिबी दुर्घटना भएको छ । गाउँपालिकाको वडा नम्बर ४ लेउबाटाबाट बडाल आईरहेको जेसिबी वडा नम्बर ४ को ठुल्खोला भन्ने ठाउँमा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
दुर्घटनामा गन्यापधुरा ४ का जेसीबी धनी चेतराज भट्ट र वडा नम्बर ४ कै सह चालक धर्मराज भट्ट घाइते भएको गणेशपुर अस्थायी प्रहरी चौकीका असई गोबिन्द सेवा डाँगाले बताए । चालक सकुशल रहेको तर प्रहरीको सम्पर्कमा नरहेको उनले बताए ।

घाइते दुवैजनाको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।














