
काठमाडौं – जिल्ला अस्पताल डोटीमा उच्च रक्तस्रावका कारण शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको छ।
डोटीको आदर्श गाउँपालिका–६ गिरीचौकाकी ३२ वर्षीया जानकी बोहरा खडायतको मृत्यु भएको हो। उनी पेशाले स्वास्थ्यकर्मी (अनमी) हुन्। मृत अवस्थाको शिशुलाई जन्म दिएको केही समयपछि उनको मृत्यु भएको जिल्ला अस्पताल डोटीले जनाएको छ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल ल्याइएको थियो। अस्पताल पुगेको १० मिनेटमा मृत शिशुलाई जन्म दिएपनि अत्याधिक रक्तश्रावका कारण डेढ घण्टापछि उनको मृत्यु भएको हो।
उनी २०७० सालदेखि घर नजिकैको गिरिचौका स्वास्थ्य चौकीमा कार्यरत थिइन्।














